बागलुङमा दम्पती मृत फेला

बाग्लुङ | कात्तिक २३, २०८१

बागलुङमा दम्पती मृत फेला सांकेतिक तस्वीर

बागलुङ:     बागलुङको बडिगाडमा श्रीमान÷श्रीमती मृत फेला परेका छन् । जिल्लाको बडिगाड गाउँपालिका–१० निगलपानीका २२ वर्षीय जीवन परिवार र उहाँकी श्रीमती १९ वर्षीया सन्ध्या परियार आफ्नै घरमा मृत फेला परेका हुन् ।


बिहीबार साँझसँगै खाना खाएर सुतेका दम्पतीको मृत्युले सिङ्गो गाउँ नै शोकमा परेको छ । 


गाउँलेले प्रहरीलाई खबर गरेपछि शव उठाएर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षणका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।


दुई वर्ष अगाडि विवाह गरेको परियार दम्पतीको एउटा छोरी रहेको उहाँको भनाइ छ । अहिलेसम्म के भएर मृत्यु भएको पत्ता नलागेको भन्दै अनसन्धान गरिरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । 


उहाँले भन्नुभयो, “श्रीमान् पोखरामा काम गर्नुहुँदो रैछ, केही दिन अगाडि आउनुभएको रहेछ, साँझ घरमा सँगै खाना खानुभएको रहेछ, केही खाना बाँकी रहेको देखियो, घटना कसरी भयो, अहिलेसम्म पत्ता लागेको छैन, हामीहरुले अनुसन्धान गरिरहेका छौँ ।”

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्